Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बेलायती राजदूतले भेटिन् अर्थमन्त्री

बेलायती राजदूतले भेटिन् अर्थमन्त्री

काठमाडौं, २ पुस । अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपालका लागि बेलायतका नवनियुक्त राजदुत निकोला पोलिटले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेकी छिन् । उक्त भेटमा अर्थमन्त्री डा. खतिवडाले नवनियुक्त राजदुतलाई स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका छन् । भेटमा अर्थमन्त्रीले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएको उपलब्धि, राजस्व क्षेत्रमा भएका सुधार, व्यापारको अवस्था लगायतका विषयमा जानकारी गराएका थिए ।

अर्थमन्त्रीले भूकम्प पश्चातको पुनर्निर्माणका लागि बेलायत सरकारले गरेको सहयोगको प्रशंशा गरेका थिए । साथै बेलायतसँग दोहोरो कर मुक्ति सम्भmौताको प्रक्रिया अघि बढेको उल्लेख गर्दै अर्थमन्त्रीले लगानीको वातावरणमा सुधार भएकोले बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत, सडक लगायतमा लगानी गर्न आग्रह गरे । नेपालको निर्यात वृद्धिका लागि सहजीकरण गर्न बेलायत सरकारको सहयोग अपेक्षित रहेको अर्थमन्त्रीको भनाई थियो ।

अर्थमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० मा बढी भन्दा बढी बेलायती पर्यटकलाई भ्रमण गराउन भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । राजदुत पोलिटले नेपाल र बेलायत बीच लामो सम्बन्ध भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपालसगँ सहकार्य गर्दै अगाडि बढ्ने बताइन् । उनले बेलायत सरकारले नेपालको स्थायित्वलाई खुशीका साथ हेरिरहेको बताउदै नेपालको प्राथमिकता अनुसार बेलायत सरकारले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । नेपाल र बेलायतबीच २०० वर्ष पुरानो कुटनीटिक सम्बन्ध रहँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x