Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

डिजेलको मूल्य बढ्यो

डिजेलको मूल्य बढ्यो

काठमाडौं, २ पुस । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ । डिजेल र मटितेलको मूल्य समान रहेको हुनाले मटितेलमा पनि स्वतः मूल्य बढेको हो ।

समायोजनपश्चात् निगमको डिपोरबिक्री विन्दुदेखि १५ किमि क्षेत्रभित्र डिजेलर मट्टितेलको खुद्रा बिक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा ९८.०० रुपैयाँ प्रतिलिटर, पोखरा, दाङमा ९७.५० रुपैयाँ प्रतिलिटर र अन्य तराई क्षेत्र चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी मा ९६.५० रुपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाइएको छ। मूल्य समायोजन पश्चात् भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य २०.४१ प्रतिलिटरले सस्तो र डिजेल १७।१६ प्रतिलिटरले नेपालतर्फ सस्तो हुने निगमले जनाएको छ।

निगमले भारतीय आयल निगम (आइओसी) को नयाँ मूल्य सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । अंग्रेजी महिनाको १ र १५ तारिखमा नयाँ मूल्य सूची प्राप्त हुन्छ । निगमले पेट्रोलको मूल्य भने यथावत् राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x