सन्राइज बैंकका ग्राहकले टर्किस एयरलाइन्समा १० प्रतिशतसम्म छुट पाउने
काठमाडौं, २ पुस । सन्राइज बैंकले आफ्ना ग्राहकलाई टर्किस एयरलाइन्समा १० प्रतिशत सम्मको छुट दिलाउने भएको छ । सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि ट्राभल र टुरिजम क्षेत्रमा समेत विभिन्न छुट दिने उद्धेश्यले र्टिर्कस एयरलाइन्ससँग सम्झौता गरेको हो ।
प्रधान कार्यालय गैरीधारामा मंगलबार भएको एक कार्यक्रममा टर्कीस एयरलाइन्सको तर्पmबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केटिची र सन््राइज बैंकका तर्पmबाट बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यो सम्झौता अन्र्तगत सन्राइज का ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा ७प्रतिशत सम्म र बिजनेस क्लासमा १०प्रतिशतसम्मको छुट पाउने व्यवस्था गरिएको छ । बैंकका ग्राहकहरुले युरोप भ्रमणमा जादा थप १० के.जी सम्म सामान लान पाउने व्यवस्था गरिएको र सो छुटका लागि ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको काठमाडौं स्थित नारायणहिटीपथमा रहेको कार्यालयमा आफ्नो परिचय स्वरुप बैंकको कार्ड देखाई टिकट खरिद गर्नुपर्ने बैंकले जनाएको छ ।