सम्झौता अवधि अगाडी त्रिभुवन बिमानस्थलको धावनमार्ग निर्माण सम्पन्न

काठमाडौं, २ पुस । अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जिर्णोद्धारको काम सकिएको छ । सम्झौता अवधि सकिन ५ महिना बाँकी छँदै चिनियाँ कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन (एभिक इन्टरनेश्नल) ले सम्पन्न धावनमार्ग हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रम बिच ठेकदार कम्पनी एभिकका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीलगायतलाई धावनमार्ग हस्तान्तरण गरेका थिए ।

यस कम्पनीले चैत ११ गतेदेखि विमानस्थलको धावनमार्ग जिर्णोद्धारको काम थालेको थियो । यस कामका लागि विमानस्थल आंशिक रुपमा बन्द गर्दै रातको समयमा मात्रै काम गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणमातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार पहिलो चरणमा चिनियाँ कम्पनीले चैत्र ११ गतेदेखि असार १६ सम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग जिर्णोद्धारको काम गरेको थियो ।

कम्पनीले ३ हजार ५० मिटर लामो धावनमार्ग झन्डै २० सेन्टिमिटर खनेर उच्च गुणस्तरको बिटुमिन राखेको थियो । दोस्रो चरणको काम बर्खा सकिएपछि भदौ १५ देखि शुरु भएको थियो । यो चरणको काम पुस १५ सम्म थियो । तर, समयसीमाभन्दा ५ सय १२ दिनअघि नै चिनियाँ पक्षले काम सकेको छ । धावनमार्ग निर्माण सम्पन्न सँगै बिमानस्थल २४ घण्टा सञ्चालन गर्न तयार भएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *