Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

करिब १ प्रतिशत लगानीकर्ताले मात्रै प्रयोग गर्छन् अनलाईन कारोबार

करिब १ प्रतिशत लगानीकर्ताले मात्रै  प्रयोग गर्छन् अनलाईन कारोबार

काठमाडौं,२ पुस । लगानीकर्ताको माग अनुसार नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अनलाईन कारोबार सुविधा सुरु गरे पनि प्रयोगकर्ताको संख्या भने न्यून छ । नेप्सेको तथ्यांक अनुसार हाल १६ हजार ५ सय ७३ जनाले मात्रै अनलाईन कारोबार गरेका छन् । यो संख्या लगानीकर्ताको १.१७ प्रतिशत मात्रै हो ।

नेप्सेको अनुसार बजारमा हाल १३ लाख ५८ हजार ७ सय २७ लगानीकर्ता छन् ।

नेपाली सेयर बजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउन नेप्सेले २०७५ कात्तिक २० गतेदेखि अनलाइन कारोबार सुरु गरेको थियो । अनलाइन कारोबार सुरु गरेसँगै दोस्रो बजारको कारोबार पूर्ण रूपमा स्वचालित बनेको नेप्सेको दाबी छ । दोस्रो बजारमा लगानीकर्ताको संख्याभन्दा सक्रिय लगानीकर्ताको संख्या कम छ । सामान्यतया बजार बढेको वेलामा १५ हजारसम्म र घटेको वेलामा १० हजारसम्म लगानीकर्ता बजारमा सक्रिय हुने गरेको लगनीकर्ताहरु नै बताउँछन् । बजार घटीरहँदा अनलाईन कारोबार गर्नेको संख्या कम भएको हुन सक्ने लगानीकर्ताहरु बताउँछन् ।

त्यस्तै कतिपय लगानीकर्तालाई इन्टरनेट प्रयोग गर्न जान्दैनन् । प्रविधिसँग घुलमिल नभएकोले पनि अनलाईन प्रयोगमा लगानीकर्ताहरुले इन्छा नदेखाएको हुन सक्ने ब्रोकरहरु बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x