Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

२६ औं ‘क्यान इन्फोटेक २०२०’ आगामी फागुन २ देखि

२६ औं ‘क्यान इन्फोटेक २०२०’ आगामी फागुन २ देखि

काठमाडौं, २ पुस । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले २६औं ‘क्यान इन्फोटेक २०२०’ आगामी फागुन २ गते देखि ७ गतेसम्म आयोजना गर्ने भएको छ । क्यानले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त मेला काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने जानकारी दिएको हो ।

मेलामा सूचना तथा प्रविधिसँग सम्बन्धित सामग्रीहरु प्रदर्शनीमा राख्नुका साथै विक्रि वितरण पनि गरिने छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग आदान–प्रदान गर्न मद्दत पुग्ने मेलाबाट अपेक्षा गरिएको छ ।

अवलोकनकर्ताले मेलामा नयाँ–नयाँ प्रविधिका उपकरणहरुको अवलोकन गर्न पाउनुका साथै उपभोग पनि गर्न पाउनेछन् । मेलामा ४ लाखभन्दा बढी अवलोकनकर्ताहरु आउने अपेक्षा गरिएको छ । गत वर्ष ३ लाख ७६ हजारले मेलाको अवलोकन गरेका थिए ।

मेला उपत्यका बाहिरका ८ वटा सहरमा पनि आयोजना गरिने क्यानले जनाएको छ । क्यानले उपत्यका बाहिर प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को विरगञ्ज, प्रदेश नं. ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं. ५ को बुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा मेला आयोजना गर्न लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x