बुधबार नेप्से परिसूचक ३.३० अंकले घट्यो
काठमाडौं, २ पुस । साताको चौथो कारोबार दिन बुधबार (आज) नेप्से परिसूचक ३.३० अंकले घटेको छ । मंगलबार झिनो अंकले सुधार देखिएको सेयर बजार आज ११५२.०७ विन्दुमा रोकिएको छ ।
एक सय ६५ कम्पनीको ९ लाख ४७ हजार ८ सय ५३ कित्ता सेयर खरिद–विक्री हुँदा २९ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार एनएमबी बैंकको भएको छ । उक्त बैंकको ४ कारोड ९० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एनएमबीको बजार बन्दा हुदाको अन्तिम समयमा सेयर मूल्य ४ सय रुपैयाँ छ ।
कारोबारमा आएका १२ समूहमध्ये ३ समूहको उपसूचकमा वृद्धि भएको छ भने अन्य ९ समूहको उपसूचकमा गिरावट आएको छ । उपसूचक वृद्धि हुनेमा उद्योग, विकास बैंक र अन्य समूह रहेका छ । उद्योग समूहको ३.७४ प्रतिशत, विकास बैंक समूहको ०.१३ प्रतिशत र अन्य समूहको ०.११ प्रतिशतले उपसूचकमा वृद्धि भएको छ ।