Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

पेप्सी विरुद्ध करिब २ अर्ब जरिवाना सहित मुद्धा दायर

पेप्सी विरुद्ध करिब २ अर्ब जरिवाना सहित मुद्धा दायर

काठमाडौँ, ४ पुस । राजस्व चुहावट गरेको आरोपमा वरुण वेभरेज विरुद्ध १ अर्ब ९४ करोड जरिवाना सहित राजस्व अनुसन्धान विभागले काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । विभागले कम्पनीका सञ्चालक अमित गुप्ता सहित ७ जना विरुद्ध ६४ करोड ९६ लाख रुपैयाँ विगो तथा विगोको दोब्बरसम्म माग दावी गरि अदालतमा मुद्धा दायर गरको हो । विभागले ३ बर्ष कैद सजायको समेत माग गरेको छ ।

बरुण वेभरेजले नेपालमा पेप्सी उत्पादन गर्दै आएको छ । कम्पनीले बहुराष्ट्रिय कम्पनी पेप्सीको, डूयू, मिरिण्डा, सेभेन अप, केएफसी लगायतका फेन्चाईज चालाउँदै आएको छ ।
कम्पनीले राजस्व चुहावट गर्ने मनसाय सहित नक्कली विज विजक कायम गरी कारोबार गरेको विभागले अनुसन्धानले देखाएको छ । जसबाट २५ करोड ३४ लाख मूल्य अभिबृद्धि कर र ३९ करोड ६१ लाख रुपैयाँ आयकर गरी कुल ६४ करोड ९६ लाख रुपैयाँ राजस्व चुहावट गरेको देखिएको छ । विभागले बरुण वेभरेजबाट १ करोड ६० करोडको बैक जमानत लिई पूर्व तथा वर्तमान सञ्चालक विरुद्ध मुद्धा दायर गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x