Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

२६ अर्ब बराबरका ४७७ सडक आयोजना अलपत्र

२६ अर्ब बराबरका ४७७  सडक आयोजना अलपत्र

काठमाडौं, ४ पुस । सरकारी वेवास्ता कारण २६ अर्ब रूपैयाँ बराबरका ४७७ सडक आयोजना अलपत्र परेका छन्। संघीय र प्रदेश दुवै तहका सरकारले स्वामित्व नलिँदा आयोजना अलपत्र परेका हुन् । संघीय सरकारले प्रदेशहरूलाई हस्तान्तरण गरे पनि प्रदेशले ग्रहण नगर्दा ती सडक अलपत्रमा परेका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उपयुक्त निर्णय नहुँदा ती आयोजना अलपत्र परेको जानकारी दिए। ‘बहुवर्षे ठेक्कामा पनि लैजान नसकिएको र प्रदेश सरकारले पनि लिन नमानेको हुनाले ती आयोजना तल न माथिको अवस्थामा पुगेको मन्त्रालयले स्पष्ट पारेको छ । देश संघीयतामा गएसँगै सरकारले साना तथा मझौला आयोजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नीति लिएको हो। तर अधिकांश आयोजनाहरु सुरु भइसकेका छन्। यस्ता आयोजनाहरु केन्द्र सरकारले निरन्तरता दिन नसक्ने अवस्था रहेको मन्त्रालयको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *