पाटा नेपाल च्याप्टरमा ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं, ४ पुस । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा विभूतिचन्द ठाकुर चयन भएका छन् । संघको ४३ औं वार्षिक साधारण सभालेको ठकुरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, द्वितीय उपाध्यक्षमा टङ्कनिधि दाहाल, महासचिव शिवप्रसाद ढकाल र कोषाध्यक्षमा खेम लकाई छन् ।

त्यस्तै, कार्यसमितिको ४ वटा पदेन सदस्यमा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका कृष्णगोपाल जोशी र श्रद्धा श्रेष्ठ छन् ।

सदस्यमा नरेन्द्रदेव भट्ट, अब्दुल्ला टन्सर केससी, रित्तल राना, टासी गुरुङ, मन्जनी श्रेष्ठ, टीकाराम सापकोटा र राम बाराकोटी छन् । लाक्पाफुटी शेर्पा, सुनीलकुमार भुसाल, लीला भण्डारी, सञ्जयभक्त माथेमा, पृथ्वी श्रेष्ठ र कुलप्रसाद सुवेदीसहित वैकल्पिक पदाधिकारी तथा सदस्य चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *