कालिका र जनसेवी लघुवित्त मर्ज हुने

काठमाडौं, ५ पुस । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन् । मर्जका लागि राष्ट्र बैंकले हिजो अन्तिम स्वीकृती दिएको छ ।

मर्जरपश्चात संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ । नयाँ संस्थाको अध्यक्षता साविक जनसेवीका अध्यक्ष विकास गौचनले गर्ने भएका छन् । यस्तै, पहिलो साधारण सभाबाट अध्यक्षको जिम्मेवारी कालिकाका अध्यक्ष कृष्ण खाँणले गर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *