सिभिल बैंकको ६.५७ प्रतिशत नगद लाभांश दिने
काठमाडौं, ६ पुस । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट ६.५७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको आइतबार सम्पन्न नवौ वार्षिक साधारण सभाले यो प्रस्ताव पारित गरेको हो ।
यसका साथै साधारण सभाले अन्य बैंक तथा वित्तिय संस्थालाई एक आपसमा गाभ्ने गाभिने सम्बन्धी निर्णय गर्ने अधिकार संचालक समितिलाई दिएको छ ।
बैंकले गत आवमा ७० करोड ७४ लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकले हाल एक सय एक शाखाबाट सेवा दिँदै आएको छ ।