सेयर बजारमा झिनो अंकले सुधार

काठमाडौं, ६ पुस । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजारमा झिनो अंकले सुधार भएको छ । गत साताको अन्तिम कारोबार दिन २.४२ अंकले घटेर बन्द भएको सेयर बजार आज १.१७ अंकले वृद्धि भई ११५०.८१ विन्दुमा रोकिएको छ ।

एक सय ६७ कम्पनीको १४ लाख ८८ हजार ३ सय ४ कित्ता सेयर ३७ करोड ४४ लाख रुपेयाँमा खरिद–विक्री भएको छ । आज सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम्को ४ करोड ७६ रुपैयाँको सेयर कारोबार भएको हो ।

कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको उपसूचकमा गिरावट आएको छ भने बाँकी ६ वटा समूहको उपसूचकमा वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *