Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मुक्तिनाथ रेमिट्यान्स अफरका ७६ पुुुरस्कार वितरण

मुक्तिनाथ रेमिट्यान्स अफरका ७६ पुुुरस्कार वितरण

काठमाडौं, ६ पुस । मुक्तिनाथ विकास बैंकले ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अफरका विजेतालाई पुरस्कार वितरण गरेको छ । बैंकले गत भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन गरेको उक्त अफरको ७६ उपहार वितरण गरेको हो ।

मुक्तिनाथ रेमिटबाट पैसा पठाउने र कुनै पनि रेमिट्यान्समार्फत् पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट झिक्ने ग्राहकहरुमध्येबाट भाग्यशाली विजेताहरुलाई विभिन्न पुरस्कार वितरण गरिएको बैंकले जनाएको छ । उक्त अफर अन्तर्गत एक जना ग्राहकले स्कुटर प्राप्त गरेका छन् । त्यस्तै ३ जनाले ल्याप्टप, ७ जनाले ३२ इन्चको स्मार्ट टिभि पाउँनुका साथै अन्य ६५ जनाले विभिन्न किसिमका सामग्री प्राप्त गरेका छन् । भाग्यशाली विजेताहरुको घोषणा मंसिर १५ गते बैैंकको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

बैंकले हाल एक सय ३४ वटा शाखा कार्यालयमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x