Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनसेललाई कर तिर्न १५ दिने म्याद

एनसेललाई कर तिर्न १५ दिने म्याद

काठमाडौं, ७ पुस । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक एनसेललाई कर तिर्न १५ दिनको म्याद दिएको छ । आइतबार एनसेलका नाममा पत्र काट्दै १५ दिनभित्र कर दाखिला गर्न आग्रह गरिएको छ ।

यसअघि ठूला करदाता कार्यालयले मंसिर तेस्रो साता २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेर त्यसको जानकारी एनसेललाई दिएको थियो । १५ दिनको समय राखेर कुनै दावी विरोध भए आउन भन्दै पत्र थमाइएको थियो । तोकिएको अवधिभित्र एनसेलबाट कुनै दावी–विरोध नआएपछि अन्तिम कर निर्धारणवापत देखिएको कर तिर्न १५ दिनको समय राखेर पत्र काटिएको ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।

ठूला करदाता कार्यालयले गत वैशाखमा एनसेलको स्वामित्व खरीद बिक्रिवापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर तिर्नुपर्ने गरी पत्राचार गरेको थियो । एनसेलले यसअघि तिरेको २१ अर्ब ५४ करोड कटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ तिर्नुपर्ने ठूला करदाता कार्यालयको आदेश थियो । उक्त आदेशविरुद्ध एनसेल सर्वोच्च अदालत गएको थियो ।
सर्वोच्च अदालतले ले भने भदौमा ठूला करदाता कार्यालयले निर्धारण नरेको करमा ५० प्रतिशत शूल्क खारेज गर्ने फैसला गरेको थियो । सोहीअनुसार एनलसले तिर्नुपर्ने कर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ कायम भएको छ । यसमा ब्याजसमेत जोड्न पाउने फैसला अनुसार एनसेलले कूल २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण भएको हो ।

यद्यपि एनसेल कर विवादमा अन्तराष्ट्रिय मध्यस्थकर्ता निकाय इन्टरनेशनल सेन्टर फर द सेटलमेन्ट डिस्प्यूट (आइसीएसआइडी) ले भने नेपाल सरकारलाई एनसेललाई निर्धारण गरिएको कर कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x