सन्राइज बैंकका ४१ र ४२ औं शाखारहित बैंकिङ्ग सेवा नवलपुरको मदनपुर र पिथौलीमा

काठमाडौं, ८ पुस । सन्राइज बैंकले नवलपुरको मदनपुर र पिथौलीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले शाखा कार्यालय नपुगेका नवलपुरका दुई स्थानमा ४१ औं र ४२ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । मदनपुर शाखारहित बैंकिङ्ग सेवाको समाजसेवी दोमन भण्डारी र कुमारवर्ती विद्यालयका प्रधानाध्यापक दर्शनराज अमात्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

त्यस्तै सोही दिन पिथौली शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कावासोती नगरपालिकाका अध्यक्ष खेम प्रसाद काफ्ले र शान्ति निकुन्ज उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद न्यौपानेले संयुक्त रुपमा गरे ।

हाल बैंकले एक सय २८ वटा शाखा कार्यालय, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र एक सय ४७ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *