Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेप्से परिसूचक २.३७ अंक घट्यो, कारोबार रकममा सुधार

नेप्से परिसूचक २.३७ अंक घट्यो, कारोबार रकममा सुधार

काठमाडौं, ८ पुस । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) सेयर बजारमा गिरावट आएको छ । साताको पहिलो र दोस्रो दिन लगातर सुधार देखिएको नेप्से परिसूचक आज २.३७ अंकले गिरावट आई ११६६.२१ विन्दुमा रोकिएको छ । तर, नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार रकमा भने सोमबारको तुलनामा १२ कारोड रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । सोमबार ५९ करोड ५७ लाख रुपैयाँको कारोबार भएकोमा आज ७२ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

एक सय ७१ कम्पनीको २० लाख २९ हजार ८ सय १५ कित्ता सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेण्ट लिमिटेडको भएको छ । उक्त कम्पनीको १० करोड ३३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । मंगलबार शिवम्को अन्तिम सेयर मूल्य ४ सय ४५ रुपैयाँ कायम भएको छ । सबैभन्दा बढी कमाउनेमा सपोर्ट माइक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनी रहेका छन् । सपोर्टको आज ९.८९ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ७ वटा समूहको परिसूचकमा गिरावट आएको छ भने अन्य ५ समूहको परिसूचकमा वृद्धि भएको छ । परिसूचक वृद्धि हुनेमा बैंकिङ्ग, उद्योग, फाइनान्स, अन्य र म्यूच्युल फण्ड समूह रहेका छन् । मंगलबार बैंकिङ्ग समूहको ०.०८ प्रतिशत, उद्योग समूहको ०.२८ प्रतिशत, फाईनान्स समूहको स्थिर, अन्य समूहको ०.०६ प्रतिशत र म्यूच्युल फण्ड समूहको ०.०९ प्रतिशत परिसूचकमा वृद्धि भएको हो । परिसूचक गिरावट आउँनेमा होटेल समूह, विकास बैंक समूह, ऊर्जा समूह, निर्जीवन बीमा समूह, उत्पादन तथा प्रशोधन समूह, माइक्रोफाईनान्स समूह र जीवन बीमा समूह रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x