Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

घर तथा सवारी कर्जामा कडाई

घर तथा सवारी कर्जामा कडाई

काठमाडौं, ९ पुस । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुले दिने घर तथा सवारी कर्जामा थप कडाई गरेको छ । बैंकले व्यक्तिगत प्रकृतिका घर, सवारी तथा हायरपर्चेज कर्जामा निर्धारण गरिने मासिक किस्ता आम्दानीको ५० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको हो ।

‘आम्दानी तथा ऋण भुक्तानीको रेसियो ५० प्रतिशतभन्दा माथि हुन नहुने’ राष्ट्र बैंकद्वारा जारी परिपत्रमा उल्लेख छ । यसअघि घरकर्जा तथा सवारी कर्जामा राम्रो धितो प्राप्त हुँदा बैंक तथा वित्तिय संस्थाहरुले खुकुलो ढंगले कर्जा दिदैं आएका थिए ।

कर्जामा कडाइँ गरेपछि व्यक्तिगत प्रकृतिका घर तथा सवारीसाधन कर्जा घट्ने अनुमान गरिएको छ । खासगरी सरकारले पछिल्लो समय व्यापार घाटा न्यूनीकरण रणनीति लागू गरेसँगै कर्जाको उपलब्धतामा नियन्त्रण गरी सवारीसाधन लगायतका विलासी वस्तुको आयात नियन्त्रण गर्न खोजिरहेको छ । अब घर बनाउन तथा सवारीसाधनका लागि कर्जा लिन थप कठिन भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल उपभोग्य कर्जामध्ये सवारीसाधन कर्जामा ५० प्रतिशत र घरकर्जामा २५ प्रतिशत लगानी भएको छ ।

सवारीसाधन कर्जामा मूल्यको ५० प्रतिशतसम्म र आवासीय घर तथा अपार्टमेन्ट कर्जामा धितोको ७० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था छ । १ करोड ५० लाख रुपैयाँसम्मको आवासीय घर कर्जामा बढीमा ७० प्रतिशतसम्म प्रवाह गर्न सकिने व्यवस्था छ । यसअघि घरकर्जामा धितोको ५० प्रतिशतमात्र ऋण दिन पाइन्थ्यो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x