अर्थ समितिले लगानीकर्ताहरुसँग माग्यो लिखित सुझाव

काठमाडौं, ९ पुस । मुद्रा तथा पुँजी बजार सुधारका लागि अर्थ समितिले लगानीकर्ताहसँग लिखित सुझाव मागेको छ । समितिले यस अघि दिईएको ५८ बुँदे सुझावको कार्यान्वयनका लागि शेयर बजारका लगानीकर्ताहरु सँग लिखित सुझाव माग गरेको हो। अर्थ समितिले मंगलबार लगानीकर्ताको संघरसंस्थाका प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो।

समितिले लिखित रुपमा सुझाव पेश गर्न निर्देशन दिएको शेयर लगानीकर्ता संघले जनाएको छ। छलफलका क्रममा लगानीकर्ताहरुले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयलाई अगाडि बढाउन आग्रह गरेका थिए। उनीहरुले बैंकको व्याजदर घटाउने तर्फ पहल गर्न सुझाव दिएका थिए। शेयर बजार सुधारका लागि यस अगाडि पेश भएको ५८ बुँदे सुझाव अक्षरश कार्यान्वयनमा ल्याउन लगानीकर्ताहरुले माग गरेका हुन्।

एक वर्ष अघि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजकत्वमा गठित कार्यदलले अर्थमन्त्री डा। युवराज खतिवडालाई ५८ बुँदे सुझाव प्रतिवेदन पेश गरेको थियो। बैंकको व्याजदर उच्च भएको भन्दै व्यवसायी विरोध र शेयर बजारका लगानीकर्ताहरुले आन्दोलन गरे पछि कार्यदल गठन भएको थियो।

उक्त ५८ बुँदे सुझावमा बैंकलाई ब्रोकरको लाइसेन्स दिने विषय, पुँजीगत लाभकर, स्टक डिलर तथा बजार निर्माता, मार्जिन सुविधा बढाउने, बैंक तथा वित्तीय संस्थाको जस्तै अन्य कम्पनीहरुको पनि शेयर संरचना हुनु पर्ने जस्ता विषयमा सुझाव दिएको थियो। यो सुझाव मध्ये सेटलमेन्ट ग्यारेन्टी फण्ड, नेप्सेको कारोबारमा नट्स सफ्टवेयर जोड्ने लगायतका केही सुझाव भने संबोधन भैसकेका छन्। नागरिक लगानीकोषलाई स्टक डिलरको रुपमा भित्र्याउने काम अझै सम्पन्न भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *