‘हिमालयन बैंक गल्फ टुर्नामेन्ट, २०१९’ को उपाधि तहिर शाहलाई

काठमाडौं, १३ पुस । हिमालयन बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको ‘हिमालयन बैंक गल्फ टुर्नामेन्ट, २०१९’ उपाधि तहिर शाहले प्राप्त गरेका छन् । बैंकले शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको कम्पाउण्ड भित्र रहेको रोयल गल्फ क्लवमा आयोजना गरेको गल्फ टुर्नामेन्टमा शाहले ३९ स्कोर प्राप्त गर्दै उक्त उपाधि प्राप्त गरेका हुन् । उनले ट्रफिसहित काठमाडौंदेखि बैंककसम्मको हवाई टिकेट प्राप्त गरेका छन् ।

त्यस्तै पुरस्कार वितरण कार्यक्रममा बैंकले यस्ता खेललाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वअन्तर्गत सधै सहयोग गर्दै जाने बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर (जबरा) राणाले बैंकको सानो सहयोगले गल्फ खेल प्रेमिहरुका लागि उत्साह थप्न मद्दत पुगेको बताए । आउँदा दिनहरुमा बैंकले यस्ता खेलमा थप सहयोग गर्दै अगाडि बढ्ने उनको भनाई छ ।

गल्फ टुर्नामेन्टमा १८ जनालाई पुरस्कार वितरण गरिएको थियो । गल्फ टुर्नामेन्टमा जुनियर र सिनियर गरी ७७ जनाको सहभागिता रहेको बैंकले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *