Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नाट्टाको अध्यक्षमा सिएन पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा सिएन पाण्डे निर्वाचित

काठमाडौं, ३० पुस । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) को अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन् । पाण्डेले उनका प्रतिस्पर्धी डिके शर्मालाई ६ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन ।
पाण्डेले २१२ मत ल्याए भने शर्माले २०६ मत प्राप्त गरेका छन् ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष, महासचिव र सहकोषाध्यक्ष पनि पाण्डेकै प्यानलबाट निर्वाचित भएका छन् भने द्वितिय उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित २ सदस्य शर्मा प्यानलका निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्ष अच्युत गुरागाईं, द्वितिय उपाध्यक्षमा संगिता जिरेल, महासचिवमा रमेश थापा, सचिवमा सविता भट्टराई, कोषाध्यक्षमा रामप्रसाद श्रेष्ठ र सह कोषाध्यक्षमा सुरेन्द्र भट्टराई छन् । त्यस्तै सदस्यहरुमा सुदर्शन नेपाल, देबकी गुरुङ, फुरी ग्याल्जेन शेर्पा, अमृत कुमार ढकाल, रमेश पौडेल, राजु ढकाल, ईनु थापा, गीता ढकाल निर्वाचित भएका छन् ।

पाण्डे प्यानललाई नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसको पर्यटन संगठनको समर्थन थियो भने शर्मा स्वतन्त्र र व्यवसायीक प्यानल बनाएर चुनावमा उक्रिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x