नेप्से परिसुचक ९.१९ अंकले घट्यो, कारोबार रकम समेत कम
काठमाडौं, ३० पौष । पौष महिनाको अन्तिम दिन नेप्से परिसुचक घटेको छ । आइतबार नेप्से परिसुचक ९.१९ अंकले घटेर १४३१.१० विन्दुमा पुगेको छ ।
पछिल्लो समय शेयर बजारमा उतारचढाप देखिएको छ । गत साताको तिन दिन शेयर बजारमा वृद्धि देखिएको थियो । तर साताको चौथौ दिन बुधबार नेप्से दोहोरो अंकले घटेको थियो । यस्तै आइतबार समेत नेप्सेले गिरावटकै प्रवृति समाएको छ । गत साता चार दिन मात्र शेयर कारोबार भएको छ । यस्तै गत साता शेयर कारोबार रकममा गिरावट आएको थियो । यो साताको पहिलो दिनमा समेत कारोबार रकम कम भएको छ । आइतबार १५२ कम्पनीहरुको ६ लाख ७० हजार ६४५ कित्ता शेयरको किनबेचबाट ३२ करोड ८३ लाख ३२ हजार ८१६ रुपैयाँ बराबरको कारोबार भएको छ ।