Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

संक्रान्तिमा तरुल र चाकुको व्यापारमा बृद्धि, मूल्य पनि बढ्यो

संक्रान्तिमा तरुल र चाकुको व्यापारमा बृद्धि, मूल्य पनि बढ्यो

युवराज पन्त

काठमाडौं , ३० पुस । माघेसक्रान्तिलाई पनि नेपालीहरुले विशेष महत्वका साथ मनाउने गर्छन । जाडो मौसमको मध्यमा पर्ने यो पर्वमा विशेष गरी सेलरोटी, तरुल, घ्यू, चाखु जस्ता परिकारहरु खाने गरिन्छ । सो कारण अहिले बजारमा यी परिकारहरु किन्ने र बेच्नेलाई भ्याइनभ्याई छ ।

तर बजार यहीबेला तरुलको मूल्य असाध्यै बढेको छ । काठमाडौंको हाँडीगाँउमा तरकारी व्यवसाय गर्दै आएका श्रीलाल प्रजापतिका अनुसार वन तरुल प्रतिकेजी पाँच सय रुपैयाँ, घर तरुल रातो प्रतिकेजी एक सय र सेतो ८० रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै सिमल तरुल प्रतिकेजी १०० , सुठुनी तरुल प्रतिकेजी १०० रुपैयामा कारोवार भइरहेको छ । जुन अघिल्लो दिन भन्दा प्रतिकेजी २० देखी ३० रुपैँयाले महंगो हो । त्यस्तै चाखु प्रतिकेजी २ सय ४० रुपैया, घ्यू प्रतिकेजी ९ सय रुपैँयामा कारोबार भइरहेको छ ।

व्यापारीहरुकै अनुसार अन्य समयको तुलनामा यो अवधीमा तरुल र चाकुको व्यापार १५ प्रतिशतले बढी हुने गर्छ । हुने गर्छ । माघेसंक्रान्ति नजिकिएसँगै बजारमा तरुलको भाउ अन्य दिनको तुलनामा निकै बढेको उपभोक्ताको गुनासो छ । काठमाण्डौको मुख्य तरकारी ब्यापारीक केन्द्रको रुपमा रहेको कालीमाटीमा धादिङ, मकवानपुर,काभ्रेबाट तरुल आयात गर्ने गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x