Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

गौतमबुद्ध विमानस्थल मार्च २०२० मा सम्पन्न हुने

गौतमबुद्ध विमानस्थल मार्च २०२० मा सम्पन्न हुने

काठमाडौं, १४ पुस । सन् २०१९ को अन्त्यसम्म निर्माण सम्पन्न हुने अपेक्षा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने समय तीन महिना थप हुने भएको छ । यसअघि पनि तोकिएको समयमा काम नसकिएपछि ३ पटक समय थप भइसकेको छ ।
पहिलो पटक २०१८ को १८ जनवरीदेखि जुन १५ सम्म, दोस्रो पटक २०१८ जुन १५ देखि जुन २८(२०१९) सम्म, तेस्रो पटक जुन २०१९को २८ देखि डिसेम्बर ३१ सम्मका लागि म्याद थप भएको थियो ।
३ किमी रनवे तथा टर्मिनल भवन निर्माणको काम सम्पन्न भैसकेको छ । टर्मिनल भवन अगाडि ट्याक्सी पार्किङ, प्रवेशद्वार तथा फिनिसिङको तथा विद्युतीय र सूचनाका उपकरणहरू जडान गर्ने काम बाँकी हो, ३ महिनाभित्र ती सबै कामहरू सम्पन्न हुनेछन् । ट्याक्सी पार्किङको बाँकी पिचिङ र फिनिसिङका कामहरू १ महिनाभित्र सम्पन्न हुने बताइएको छ ।
टर्मिनल भवन भित्रका बाकी कामहरू विद्युतीय तथा सूचनाका उपकरण जोडिएपछि सम्पन्न हुने चरणमा छन् ।
उता विद्युतीय, तथा सूचना एवं मौसमसम्बन्धी उपकरणहरू केही काठमाडांै विमानस्थल भन्सारमा आइसकेको र धेरै कोलकाता बन्दरगाहामा आइसकेका छन् । लिफ्टलगायत अन्य उपकरणहरू मद्रासबाट लोड भइसकेको आईसीबी टु अन्तर्गतको ठेक्काका सञ्चार विद्युत् उपकरणतर्फका प्रोजेक्ट म्यानेजर प्रवीण न्यौपानेले बताए । अबको एक महिनाभित्र सबै उपकरण भैरहवा आइसक्ने र बाँकी दुई महिनामा ती उपकरण जडान गर्ने र अप्रिलमा क्यालिब्रेसन फलाइट गर्ने लक्ष्यसहित काम भइरहेको न्यौपानेको भनाइ छ ।
आईसीबी १ अन्तर्गतको ठेक्काका केही विद्युतीय उपकरणहरू चीनबाट आउन केही समय लाग्ने र ती सबै सामान आएर एकै पटक जडान भएपछि ती उपकरणले काम गरे नगरेको परीक्षण गर्न क्यालिब्रेसन फ्लाइट अप्रिलमा गर्ने योजनासहित काम अघि बढाइएको छ, न्यौपानेले भने ।
अहिलेसम्म टर्मिनल भवन (आगमन र प्रस्थान) तयार भएको छ । त्यसैगरी प्रशासनिक भवन, टावर ट्याक्सी वे, एप्रोन सबै निर्माण सम्पन्न भएको छ । २०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“मा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको यो विमानस्थल विभिन्न कारणले समयमै सम्पन्न हुन नसकेपछि निर्माण सम्पन्न हुन थप समय सीमा थप्दै जाँदा तेस्रो पटकका लागि डिसेम्बर ३१ सम्म थियो ।
२०७२ सालमा आएको भूकम्प, सोही वर्षको तराई मधेस आन्दोलन, अघोषित भारतीय नाकाबन्दी, निर्माण कम्पनी तथा सब कन्ट्याक्टर एवं सप्लायर्सबीचको विवादका कारणले विमानस्थल निर्माणमा समस्या आएको थियो ।
विमानस्स्थलको मुख्य निर्माणकर्ता (आईसीबी १) चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सन हो भने आईसीबी टुको कामका लागि थाइल्यान्डको एरोथाई कम्पनीले ठेक्का पाएको छ । आईसीबी टुको लागत करिब ५२ करोड रुपैयाँ रहेको छ ।

ऋायोजना सम्पन्न गर्ने पूर्व निर्धारित मिति डिसेम्बर ३१ ९पुस १५० सम्म निर्माणका काम नसकिने भएपछि गौतमबुद्ध विमानस्थल स्तरउन्नति आयोजनाको कार्यालयले ३ महिना थप समय माग गर्दै नागरिक उड्डयन प्राधिकरणलाई बिहीबार पत्र पठाएको छ । अहिलेसम्म आयोजनाको ८६ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।
निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले तोकिएको समय डिसेम्बर ३१ भित्र निर्माणको काम नसकिने भएपछि १० दिन अघिनै म्याद थप गर्न माग गर्दै आयोजनाको कार्यालयमा पत्र दिएको थियो । निर्माण कम्पनीको पत्र आइसकेपछि हालसम्म सम्पन्न भएका कामहरू तथा अब बाँकी कामहरूको आधारमा ३ महिनाभित्र (मार्च २०२०) निर्माणका सबै काम सकिने आधार देखिएकाले ३ महिना समय थप्न केन्द्रीय कार्यालयमा पत्राचार गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका योजना प्रमुख प्रवेश अधिकारीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x