Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बोर्डद्वारा ३ जलविद्युत आयोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत

बोर्डद्वारा ३ जलविद्युत आयोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत

काठमाडौं, १४ पुस । लगानी बोर्डले ३ ओटा जलविद्युत आयोजना निर्माणका लागि ८५ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । बोर्डले माथिल्लो त्रिशुली १ लाई ६५ अर्ब, मस्र्याङदीवेसी जलविद्युत आयोजनालाई ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनालाई ८ अर्ब २२ करोड ७४ लाख रुपैयाँ लगानी स्वीकृत गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।

२१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजना नेपाल र कोरियाको संयुक्त लगानीमा निर्माण सुरु हुँदै छ । निजी लगानीमा मस्र्याङदीवेसी र नेपाल विद्युत प्राधिकरणमार्फत माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण भइरहेको छ । स्वीकृत भएकोमध्ये सबैभन्दा ठुलो लगानी माथिल्लो त्रिशुलीको छ । नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना निर्माण सुरु गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x