नेप्से १.९२ अंक घटेर ११६६.०३ विन्दुमा

काठमाडौं, १५ पुस । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । सोमबार ५.५३ अंक बढेको नेप्से परिसूचक आज १.९२ अंक गिरावट आएर ११६६.०३ विन्दुमा रोकिएको हो ।
एक सय ७७ कम्पनीको १३ लाख २ हजार ९ सय ८६ कित्ता सेयर ४४ करोड २२ लाख रुपैयाँमा खरिद–विक्री भएको छ । आज नेपाल लाईफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । नेपाल लाईफको ६ कारोड १७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।
सबैभन्दा बढी कमाउनमा विशाल बजार कम्पनीका सेयरधनीहरु रहेका छन् । उक्त कम्पनीको प्रतिसेयर मूल्य ७.८० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सबैभन्दा बढी गुमाउनेमा नेपाल दूरसञ्चाल कम्पनीका सेयरधनीहरु रहेका छन् । उक्त कम्पनीको प्रतिसेयर मूल्य ५.८९ प्रतिशतले गिरावट आएको हो ।
आज कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी ६ समूहको परिसूचकमा गिरावट आएको छ । परिसूचक वृद्धि हुनेमा बैंकिङ्ग समूह ०.२ प्रतिशत, उद्योग समूह २.०६ प्रतिशत, होटेल समूह १.७९, विकास बैंक समूह ०.३१ प्रतिशत, हाईड्रोपावर समूह ०.७ प्रतिशत र माइक्राफाईनान्स समूह १.१७ प्रतिशत रहेका छन् । आज अन्य समूहको परिसूचकमा सर्वाधिक गिरावट आएको छ । मंगलबार अन्य समूहको परिसूचकमा ४.०६ प्रतिशत गिरावट आएको हो ।