Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

राष्ट्रिय वाणिज्य बैकद्वारा बृद्ध नागरिकहरुलाई २ लाख १६ हजार सहयोग

राष्ट्रिय वाणिज्य बैकद्वारा बृद्ध नागरिकहरुलाई २ लाख १६ हजार सहयोग

काठमाडौं, १५ पुस । राष्ट्रिय वाणिज्य बैंकले बृद्ध नागरिक सेवा समाजलाई २ लाख १६ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चाबहिलमा रहेको उक्त सेवा समाजलाई भजनकिर्तन गर्ने वाद्यबादन सामाग्री किन्न रकम हस्तान्तरण गरेको हो ।

उक्त सहयोग वापतको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समाजका अध्यक्ष तारा प्रधानलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जेष्ठ नागरिकहरुलाई एकल जीवनबाट टाढा रहन भजनकिर्तनले सहयोग पुग्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x