एम.ए.डब्ल्यू भ्रिद्धीको सिफारिसमा कामना सेवा बैंकले सहज रुपमा कर्जा दिने

काठमाडौं, १५ पुस । कामना सेवा विकास बैंक र एम.ए.डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा.लि.बीच व्यापारिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एम.ए.डब्ल्यू भ्रिद्धीका प्रबन्ध निर्देशक विवेक सिकारियाले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार एम.ए.डब्ल्यू भ्रिद्धीमार्फत् सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज रुपमा फोटान ब्राण्डका सवारी साधनहरु खरिद गर्नका लागि कर्जा सुविधा लिन सक्ने बैंकले जनाएको छ ।
हाल बेंकले एक सय १४ वटा शाखा कार्यालय, ६० वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *