Shangrila

एनआईसी एशिया बैंकको शाखा कार्यालय ढुङ्गेधारा नर्सरी चोकमा

काठमाडौं, १५ पुस । एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन पूर्व सासंद डा.भिष्मनाथ अधिकारीले गरेका हुन् । त्यस क्षेत्रमा बैंक शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले ३ सय १३ शाखा कार्यालय, ४ सय ६ एटीएम, एक सय २ वटा एक्स्टेन्सन काउण्टर र ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ । बैंकले बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गरिरहेको जनाएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *