Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आजदेखि भ्रमण वर्ष २०२० को शुभारम्भ

आजदेखि भ्रमण वर्ष २०२० को शुभारम्भ

काठमाडौं, १६ पुस । सरकारले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन आज गर्दै छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागिएको भ्रमण वर्षको औपचारिक उद्घाटन अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथरङ्गशालामा गर्ने छिन् । भ्रमण वर्ष शुभारम्भको उपलक्ष्यमा विभिन्न पर्यटकीय संघसंस्थाहरुले २ वजेपछि ठमेल–दरवारमार्ग हुँदै त्रिपुरश्वरसम्म मौलिक संस्कृति झल्कने झाँकीसहितको ¥याली निकाल्ने छन् ।

त्यस्तै भ्रमण वर्षको औपचारिक उद्घाटन समारोहमा भारत, चीन, जमैका र म्यानमारबाट पर्यटनमन्त्रीको आगमन हुने भ्रमण वर्ष सचिवालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका ३५ भन्दा बढी पत्रकारहरु पनि भ्रमण वर्षको औपचारिक उद्घाटनमा सहभागी हुने जनाइएको छ ।

त्यसैगरी नेपालमा आज भ्रमण वर्षको औपचारिक उद्घाटन गरे पनि विदेशस्थित कुटनीतिक नियोगले भने आगामी ७ तारिखका दिन भ्रमण वर्षको उद्घाटन गर्ने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x