नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना सन्देश, ‘विकास र समृद्धिमा सरकार प्रतिवद्ध’
काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ईस्वी संवत् २०२० को पहिलो दिन शुभकामना सन्देश दिएका छन् । उक्त सन्देशमा उनले सरकार विकास र संमृद्धिका लागि प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले ‘संवृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सरकार एक कदम अघि बढेको’ उल्लेख गरेका छन् । सन्देशमा समग्र राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिंगो समाज विकास र संमृद्धिको बहसमा केन्द्रीत हुनुलाई सुखद् भनेका छन् । उनले अव्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धितर्फ लैजानु चुनौतीको काम भए पनि सरकारले ट्रयाक समातिसकेको बताएका छन् ।
उनले राष्ट्रिय समृद्धितर्फको पाइला अझै दृढतापूर्वक अघि बढाउन सरकार प्रतिवद्ध रहेको दोहो¥याएका छन् । उनले अगाडी भनेका छन् ‘अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग देखिनेगरी उचाइमा उठ्नेछ ।’ सन्देशमा उनले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।