आगामी जनवरी २० मा ‘रिचार्जर बिग सेल २०२०’ हुने

काठमाडौं, १६ पुस । मोबाइल एप रिचार्जरले आगामी जनवरी २० मा ‘रिचार्जर बिग सेल २०२०’ गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रिचार्जरले उक्त मेला आयोजना गर्न लागिएको काठमाडौंमा एक कार्यक्रम आयोजना गरी जानकारी दिइएको हो । भ्रमण वर्ष २०२० को अफिसियल इकमर्श प्लेटपर्म समेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छुटमा वस्तु तथा सेवा उपलब्ध गराउने जनाएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै ‘रिचार्जर बिग सेल २०२० को तयारी अन्तिम चरणमा पुगेको ग्लोबल टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । उनका अनुसार रिचार्जरले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै २ हजार २० रुपैंयादेखि २ लाख रुपैंयासम्ममा आकर्षक भ्रमण प्याकेजहरु उपलब्ध गराउने छ ।

रिचार्जरका विदेशी प्रयोगकर्ताहरुले जनवरी १० तारिखदेखि २४ सै घण्टा छुट सहित फुड सर्भिस पाउने ग्लाइडरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *