Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा अर्घाखाँचीको देउरालीमा

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा अर्घाखाँचीको देउरालीमा

काठमाडौं, १६ पुस । एनआईसी एशिया बैंकले अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ७ देउरालीमा ४५ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा कृष्ण प्रसाद पाण्डेलाई नियुक्त गरिएको बैंंकले जनाएकोे छ ।

बैंकको उक्त सेवा सञ्चालनमा आएसँगै बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने बैंकले अपेक्षा लिएको छ ।

हाल बैंकले ३ सय १३ शाखा कार्यालय, ४ सय ६ वटा एटीएम, ९८ वटा एक्स्टेन्सन काउण्टर र ४५ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ । प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x