नबिल बैंक र आईसीआईसीआई बैंकबीच सहकार्य सम्झौता

काठमाडौं, २० पुस । नबिल बैंक र भारतको प्रमुख बैंक ‘आईसीआईसीआई बैंक’ बीच एकआपसमा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र आईसीआईसीआई बैंक अन्तर्गतको इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुपका प्रमुख रञ्जु सिगटियाले हस्ताक्षर गरेका हुन् । दुई संस्थाबीच व्यापार र विप्रेषणमा एकआपसमा सहकार्य गर्ने सम्झौता भएको नविलले जनाएकोे छ ।

त्यस्तै आगामी दिनमा दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा सहयोग गर्न एक आपसमा सहकार्य गरी काम गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *