Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से परिसूचक १६.०९ अंकले बढ्यो

नेप्से परिसूचक १६.०९ अंकले बढ्यो

काठमाडौं, २० पुस । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचकमा उत्साह छाएको छ । गत साताको अन्तिम कारोबार दिन ३.२९ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज १६.०९ अंकले वृद्धि भई ११८२.३१ विन्दुमा रोकिएको हो । एक सय ७३ कम्पनीको २० लाख ८२ हजार ७ सय १८ कित्ता सेयर खरिद–विक्री भएको छ ।

७१ करोडभन्दा बढीको कारोबार
आइबार ७१ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो रकम गत कारोबार दिनको भन्दा १८ करोड रुपैयाँ बढी हो । त्यस्तै आज सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको ५ करोड ६२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । बढी कारोबार हुने दोस्रोमा एनआईसी एशिया बैंक रहेको छ । उक्त बैंकको ४ करोड ३४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

आज कारोबारमा आएका १२ समूहकै परिसूचकमा वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा माइक्रोफाईनान्स समूह रहेको छ । माइक्रोफाईनान्स समूहको परिसूचक २.४ प्रतिशतले वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x