Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मूल्यांकन प्रणालीमा नयाँपनको खाँचो छ : अध्यक्ष कोइराला

मूल्यांकन प्रणालीमा नयाँपनको खाँचो छ : अध्यक्ष कोइराला

काठमाडौं, २० पुस । नेपालमा मूल्यांकन प्रणालीमा नयाँपन आउन नसकेकोे नेपाल भ्यालुर्यश एसोसिएसनका अध्यक्ष ऋषि कोइरालाले बताएका छन् । पुरानैशैलीमा मूल्यांकन गर्दा मूल्यमा एकरुपता नआउने उनले बताए । उनले ठाँउ र ढाँचा अनुसार पनि मूल्यमा फरक पर्ने बताउदै नेपालकोे मूल्याङ्कन प्रणालीमा नयाँपनको खाँचो औल्याएका हुन ।

बैंक तथा बित्तीय संस्थामा आधारित रहेर मात्रै मूल्यांकन प्रणाली कायम भएको भएपनि यसलाई बिकास गरी धेरै ठाँउमा फैलाउन सकिन्छ । नेपाल सरकारले लिने कर पनि उचित मूल्यांकन गरी तिर्ने व्यवस्था गर्नुुपर्ने उनीहरुको माग छ । प्रचलित नियम अनुसार भन्दा घर जग्गा वा सम्पतीकोे उचित मूल्यांकन गरेर मात्रै कर तिर्ने प्रणाली कायम गर्न सकिने उनले बताए । कोइरालाले राज्यले दिएको कागजात नक्कली पर्नुमा मूल्यांकनकर्ताको गल्ती नहुने बताए । बैंकले दिएको कागजात अनुसारको मुल्य जाँच गरिने हुँदा बैंकले दिएको कागजात अनुसार काम गर्दा पनि मुल्याङ्कनकर्ताकै गल्ती देखाई फसाउने प्रबृती बढेको उनले बताए ।

एकअर्को प्रसंगमा उनले, राज्यले मूलयांकनकर्ताको लागि समयमै उचित कानुन तथा निर्देशिका नबनाइदिदा पनि मर्कामा परेको बताए । हाल ५ सय भन्दा बढी कन्सल्टेन्सिमार्फत करिब ८ हजार इन्जिनियरहरु भ्यालुर्यस एसोसिएसनमा आवद्ध रहेका छन् ।

मूल्यांकन गर्दा विशेषगरी नक्कली कागजातको जोखिम हुने गरेको उनले बताए । कतिपय अवस्थामा ऋणी वा बैंकले ३÷४ वर्ष अघि देखाएको जग्गामा खोला आइदिने तथा बाटो पर्ने समस्याहरु आउदा ऋणीसंर्गै मूल्यांकनकर्ता पनि फस्ने गरेका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x