उदयपुरको गाईघाटमा लघुबीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं, २० पुस । उदयपुरको गाईघाट बजारमा लघुबीमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । गत शुक्रबार नेपाल बीमक संघको आयोजना तथा युके एड, सक्षमको सहकार्य र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको व्यबस्थापनमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर देवी कुमारी चौधरी, चौडण्डीगढी नगरापालिकाकाका मेयर खगेन्द्र राई, कृषि ज्ञान केन्द्र, उदरपुरका प्रमुख नरनाथ रेग्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण जोनका प्रतिनिधि, भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका प्रतिनिधि, त्रियुगा तथा चौडण्डीगढी नगरपालिकाका वडा अध्यक्ष सहित ८८ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *