एनआईसी एशिया बैंकबाट डिजिटल भुक्तानी गर्दा फुडमान्डुमा ३० प्रतिशत छुट

काठमाडौं, २२ पुस । एनआईसी एशिया बैंक र फुडमान्डुबीच डिजिटल भुक्तानी गर्ने सहमति भएको छ । फडमान्डुको ‘अनलाइन फूड फेस्टिवल २०२०’ मा बैंकको मोबाइल बंैकिङ्ग एप प्रयोग गरी क्यूआर कोर्डमार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट पाउने भएका हुन् । यो अफर पुस २१ देखि पुस २७ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।

हाल बैंकले ३ सय १३ शाखा कार्यालय, ४ सय ८ एटीएम, एक सय ३ वटा एक्स्टेन्सन काउण्टर र ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *