साना किसान लघुवित्त र एडीबीबीच उत्पादन क्षेत्रमा ५ अर्व ७० करोड लगानी गर्ने सम्झौता हुँदै, सबै कृषकहरुमा वित्तीय सेवा पुर्याइने

काठमाडौं, २२ पुस । साना किसान विकास लघुवित्त वित्तीय संस्था र एशियाली विकास बैंक (एडीबी)बीच कृषि क्षेत्रमा ५ अर्व ७० करोड लगानी गर्ने सम्झौता हुने भएको छ । साना किसान सहकारी संस्थामार्र्फत् अनुदान लगानी गर्ने सम्झौता यहि जनवरी महिनाभित्र हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.शिबराम प्रसाद कोइरालाले बताए । एडीबीले उत्पादनको क्षेत्रमा ५ अर्व ५७ करोड आर्थिक सहयोेग गर्ने कोइरालाले जानकारी दिए ।

सबै कृषकहरुमा वित्तीय सेवा, कृषि प्रविधि, बजार एकीकरण र पूँजी उपलब्ध गराउने उद्देश्यले यो सम्झौता हुन लागेको उनी बताउँछन् । त्यो योजनाअन्तर्गत सामुहिक वा एकल कृषि तथा पशुपालन गर्न चाहानेलाई ५० लाखदेखि २ करोड रुपैयाँसम्मको अनुदान दिइने उनले बताए । एकललाई ५० लाख दिइने छ भने सामुहिकलाई २ करोडसम्म ऋण अनुदान उपलब्ध गराउँने उनले बताए ।

हालसम्म संस्थाले ७० वटा जिल्लाका ४ सय २० स्थानीय तहमा रहेका एक हजार सदस्यहरुका करिव ९ लाखभन्दा बढी परिवार संस्थामा आवद्ध भएको उनी बताउँछन् । अबको केही बर्षभित्र नै ७७ वटै जिल्लाका ७ सय ५३ वटा स्थानीय तहमा साना किसान कृषि सहकारी पु¥याउने लक्ष्य राखिएको उनको भनाई छ ।
यसै विषयमा प्रमुख कार्यकारी अधिकृत कोइरालाको भनाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *