नेप्से परिसूचक १२१६.९२ विन्दुमा, कारोबार रकम एक अर्वभन्दा माथि

काठमाडौं, २२ पुस । सेयर बजारमा लगातारको सुधारपछि कारोबार रकमले पनि एक अर्व नागेको छ । विगत लामो समयदेखि उतावचडाव खेप्दै आएको बजारले धेरै पछि साताको तेस्रो कारबोबार दिन मंगलबार (आज) राहात पाएको छ । आज एक अर्व १० करोड २७ लाखभन्दा बढी सेयर कारोबार भएको हो । हिजो ८४ करोड २५ लाखभन्दा बढीको सेयर कारोबार भएकोमा आज २६ करोड रुपैयाँले वृद्धि भएको छ । आज नेप्से परिसूचक १६.२३ अंकले वृद्धि भई १२१६.९२ विन्दुमा रोकिएको छ ।

एक सय ७९ कम्पनीको ३८ लाख ८० हजार ९ सय ५० कित्ता सेयर खरिद–विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार माछापुछ्रे बैंकको भएको छ । उक्त बैंकको १९ करोड ४९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । त्यस्तै सबैभन्दा बढी सेयर कारोबार हुने दोस्रोमा एनआईसी एशिया बैंक रहेको छ । उक्त बैंकको ६ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

आज कारोबारमा आएका १२ समूहमध्ये २ समूहको परिसूचकमा गिरावट आएको छ भने बाँकी १० समूहको उपसूचकमा वृद्धि भएको छ । उपसूचक गिरावट आउँनेमा होटल समूह र उत्पादन तथा प्रशोधन समूह रहेका छन् । होटल समूहको ०.४३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ०.९४ प्रतिशतले परिसूचकमा गिरावट आएको हो ।

सबैभन्दा बढी परिसूचक वृद्धि हुनेमा निर्जीवन बीमा समूह रहेको छ । उक्त समूहको १.८९ प्रतिशतले उपसूचकमा वृद्धि भएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *