मुक्तिनाथ विकास बैंकद्वारा ऋण मिनाहासहित रकम फिर्ता

काठमाडौं, २२ पुस । मुक्तिनाथ विकास बैंकले मोहोनी मायाँ थापा मगरको ऋण मिनाहासहित रकम फिर्ता गरेको छ । बैंकले सामाजिक सुरक्षाअन्तर्गत ब्याजवापतको रकम ५४ हजार २ सय ७८ रुपैयाँसहित काजकिरिया खर्च ५ हजार गरि जम्मा ५९ हजरा २ सय ७८ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

भुक्तानी साँवावापतको उक्त चेक बैंकका दमौली शाखा प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघु वैकिङ्क प्रमुख धु्रव राज घिमिरे र सोही वडाका वडा सदस्य सुर वहादुर थापाले संयुक्त रुपमा उनका श्रीमान भुपाल थापा मगरलाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै बंैकको साना तथा लघु बैंकिङ्गमा आवद्ध, दमौली शाखा कार्यालयकी सदस्य थापा मगरले तिर्न बाँकी २ लाख ११ हजार ४ सय ४० रुपैयाँ ऋण पनि मिनाह गरिदिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *