Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

फष्ट माइक्रोफाइनान्सको दोस्रो त्रैमासमा खुद नाफा बढ्यो

फष्ट माइक्रोफाइनान्सको दोस्रो त्रैमासमा खुद नाफा बढ्यो

काठमाडौं, २ माघ । फष्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ४ करोड ७६ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा समिक्षा अवधिमा माइक्रोफाइनान्सको खुद नाफा आर्जन ४१.५३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा लघुवित्तको खुद नाफा ३ करोड ३६ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको खुद व्याज आम्दानी तथा संचालन मुनाफा आएको वृद्धिले खुद नाफा बढेको हो । ४५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको जगेडाकोषमा ११ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको निष्कृय कर्जा अनुपात शून्य प्रतिशत रहेको छ । दोस्रो त्रैमासिक अवधिमा लघुवित्तले आठ करोड पाँच लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा ९ करोड ३६ लाख रुपैयाँ सञ्चालन नाफा गर्न सफल भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x