Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

टेलिकम र सडक विभागले पूर्वाधार निर्माणमा सहकार्य गर्ने

टेलिकम र सडक विभागले पूर्वाधार निर्माणमा सहकार्य गर्ने

काठमाडौं, २३ पुस । नेपाल टेलिकम र सडक विभागले सडक र दूरसंचार पूर्वाधार निर्माणको क्रममा सहकार्य गर्ने भएका छन् । मंगलबार सहकार्यको सम्झौंतापत्रमा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन्।

नयाँ सडक निर्माण, सडक विस्तार, मर्मत सम्भार, सडक चौडा गर्ने तथा टेलिकमका दूरसञ्चार पूर्वाधारहरु निर्माण तथा सुधारका क्रममा पूर्वाधारका संरचनाहरुमा क्षति हुने गरेको छ। निर्माण कार्यमा दोहोरो लगानी हुने र सेवाको गुणस्तरमा समेत प्रतिकुल प्रभाव पर्ने गरेको छ। समझदारी अनुसार टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्ट सडक विभागले बिछ्याउने भएको छ। यस्ता डक्ट बिछ्याउनका लागि आवश्यक पर्ने रकम टेलिकमले विभागलाई उपलब्ध गराउने सहमतिमा छ। रकम भुक्तानी गर्दा सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागत अनुसार शिल कोटेशन वा बोलपत्र बमोजिम निर्धारित दररेट बमोजिम टेलिकमले विभागलाई भुक्तानी गर्नेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x