Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

टिआईएको स्तरोन्नती गरिदै, पार्किङ, ट्याक्सी वे, डिपार्चर हल बनाईदै

टिआईएको स्तरोन्नती गरिदै, पार्किङ, ट्याक्सी वे, डिपार्चर हल बनाईदै

काठमाडौं, २३ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दै गएको यात्रुको चापलाई व्यवस्थापन गर्न स्तरउन्नतीको काम भै रहेको छ । विमानस्थलको क्षमता अभिवृद्धि गर्ने र हवाई उडानलाई सहज बनाउने उद्देश्यले विमानस्थलको धावनमार्गसँगै प्यारालल ट्याक्सी वे को बोलपत्र प्रक्रिया अघि बढाईएको छ । साथै अन्तरराष्ट्रिय टर्मिनल भवनमा डिपार्चर हल थपिँदैछ। विमानस्थलको आवागमनतर्फ थप दुई ‘कन्भेर वेल्ट’ थपिँने भएका छन्।

विमानस्थल निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ अबको दुई महिनाभित्रै सञ्चालनमा आउनेछ । प्राधिकरणका अनुसार फेब्रुअरीको अन्तिमसम्म रिमोट पार्किङको काम सकिनेछ। यो स्थानमा दुई वाइडबडी र दुई न्यारो बडी जहाज पार्किङ गर्नसकिने छ।

प्राधिकरणले विमानस्थल विकास कोषको १ अर्ब छ करोडको लागतमा विमानस्थलमा दुईवटा ‘पार्किङ वे’ निर्माण गरिरहेको हो। रिमोट पर्किङ वे सञ्चालनले विमानस्थलको चाप नियन्त्रण गर्न सघाउ पुग्ने प्राधिकरणले जनाएको छ । दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महिनादेखि नै सञ्चालनमा आइसकेको छ। उक्त पार्किङ क्षेत्रमा दुई वाइडबडी र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ। अन्तर्राष्ट्रिय टर्मिनलमा नौवटा जहाज मात्र पार्किङ क्षमता छ । उत्तरपूर्वी पार्किङ वे सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय पार्किङ वेको सङ्ख्या ११ पुगेको छ। विमानस्थलको उत्तरतर्फ पनि पाकिङ क्षेत्र निर्माणको प्रक्रिया अघि बढेको विमानस्थलले जनाएको छ।

आन्तरिक उडानतर्फ २२ साना जहाज राख्न सकिने क्षमताको उक्त पार्किङको बोलपत्र आह्वान भइसकेको विमानस्थलले जनाएको छ । करिब ८ अर्बको बोलपत्र आह्वान भएको छ। यो तीन वर्षभित्र निर्माण सकिनेछ। हाल आन्तरिकतर्फ १७ जहाजको पार्किङ क्षमता भए पनि ३५ सम्म जहाज अटाइँदै आइएको छ।

प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१८ अन्तरराष्ट्रिय उडानतर्फ ४३ लाख ४२ हजार ४८६ यात्रुको आवागमन भएको छ । सन् २०१७ मा कूल ३८ लाख ८७ हजार ८४५ यात्रुको आवागमन भएको थियो। आन्तरिकतर्फ सन् २०१८ मा २८ लाख ४७ हजार ७५२ यात्रुको आवागमन भएको थियो। सन् २०१७ मा २४ लाख ५१ हजार ३९० पुगेको थियो। सन् २०१९ को अक्टोबरसम्म २७ लाख ३७ हजार १७२ यात्रुको आवागमन भएको देखिन्छ। यो वर्ष करिब ३३ लाख हवाई यात्रु आवागमन हुने अनुमान गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x