आरएमडीसी लघुवित्तको २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

काठमाडौं, २३ पुस । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न २१ औं बार्षिक साधारण सभाले चुक्ता पुँजीको १२.५ प्रतिशत
नगद लाभांश र १२.५ प्रतिशत नै बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड ९३ लाख ९८ हजार ६ सय रुपैयाँ रहेको छ । बोनस सेयरका लागि ९ करोड ९९ लाख २४ हजार ८ सय २५ रुपैयाँ खर्चने छ ।

यस कम्पनीले लघुवित्त तथा सहकारी संस्थाहरुलाई थोक कर्जा उपलब्ध गराउदै आएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म ७ अर्व ५५ करोड ८ लाख रुपैयाँ ऋण सापटी दिएको छ भने ८ अर्व ११ करोड ७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *