Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको मूल्य नयाँ उचाईमा तोलाको ७६ हजार ५ सय

सुनको मूल्य नयाँ उचाईमा तोलाको ७६ हजार ५ सय

काठमाडौं, २३ पुस । नेपालमा सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ । पछिल्लो केही दिन क्रमश उकालो लागिरहेको सुनको मूल्य बुधबार (आज) प्रतितोला १ हजार रुपैयाँले बढेर ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ।

सुनको मूल्य बढ्नुलाई अमेरिका र इरानबीचको युद्धलाई कारण मानिएको छ । सुनलाई विश्वव्यापीरुपमा सुरक्षित लगानी मानिन्छ । सोही कारण दुई मुलुकबीचको युद्धले लगानीकर्ताहरु सुन सञ्चय गर्नतिर लागेका छन् । त्यसैको परिणाम स्वरुप मूल्यमा बढोत्तरी भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको मूल्य हालसम्मकै उच्च हो । गत सोमबार प्रतितोला ७६ हजार रुपैयाँ पुगेको थियो । मंगलबार ५ सय रुपैयाँ घटेको थियो । मूल्य बढेकाले कारोबार हुनै छाडेको व्यवसायी बताउछन् । उसो त पुस महिनालाई सुन कारोबारका हिसाबले अफ सिजन मान्ने गरिन्छ ।

तर यी दुई मुलुकबीचको युद्ध तत्काल साम्य हुने संकेत देखिएको छैन । त्यसले आगामी दिनमा मूल्य अझ बढ्ने अनुमान व्यवसायीहरुको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x