सम्पति शुद्धिकरणको विषयक सम्मेलन आयोजना हुने
काठमाडौं, २ माघ । नेशनल बैंकिंग इन्सटिच्यूट एनबिआईले माघ ११ गते सम्पति शुद्धिकरण विषयक सम्मेलन गर्ने भएको छ । एनबिआईले उक्त सम्मेलन तेस्रो पटक गर्ने लागेको जनाएको छ ।
यस एक दिने सम्मेलनमा विभिन्न बैंक र वित्तीय संस्थाका डिपार्टमेन्ट प्रमुख, अपरेशन म्यानेजर,कमप्लाइन्स म्यानेजर, आन्तरीक लेखा परीक्षक, ट्रेजरी म्यानेजर तथा अफिसर्सका साथै अन्य थुप्रै वरिष्ठ अधिकृतहरुको उपस्थिति रहने एनबिआईले अनुमान गरेको छ । नेपालमा बैंक र वित्तीय संस्थाका साथै अर्थतन्त्रमा सम्पति शुद्धिकरण अत्यन्त महत्वपूर्ण विषय रहेको छ । सम्पति शुद्धिकरणको वित्तीय लगानी निवारणसगं सम्बन्धी नेपाल एशिया प्रशान्त क्षेत्र समूहको सदस्य रहको छ ।
यस सम्मेलनमा सम्पतिशुद्धिकरण र आतकंवादीक्रि क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त वक्ता र विज्ञहरु द्वारा सम्बोधनहुने छ ।