सुर्य लाईफ इन्स्योरेन्सले दियो ४० प्रतिशत हकप्रदको लागि आवेदन

काठमाडौं, २ माघ । सुर्य लाईफ इन्स्योरेन्सले १० बराबर ४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद शेयरको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले २८ लाख ८७ हजार पाँच सय कित्ता हकप्रद शेयरको लागि अवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको २८ करोड ८७ लाख ५ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर पछि कम्पनीको चुक्ता पुँजी ९४ करोड ५० लाख रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ६५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *