Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजार फेरी घट्यो

सेयर बजार फेरी घट्यो

काठमाडौ, २३ पुस । साताको तीन दिन लगातार बढेको सेयर बजारमा आज भने गिरावट आएको छ । आज बजार ७.३२ अंकले घटेर १२०९.६० विन्दुमा झरेको छ ।

गएको तीन कारोबार दिन बजार सुधारिएको थियो । यससँगै आगामी दिनमा पनि बजार सुधारको बाटोमा जाने अनुमान लगानीकर्ताहरुको थियो । तर आज पुन बजारमा गिरावट आएको छ । यद्यपी नेपाल राष्ट्र बैंकले घर, गाडी लगायतमा दिइने कर्जामा कडाई गरेकाले अव सेयर बजारमा उत्साह आउनेमा उनीहरु आशावादी छन् ।

आज कारोबारमा आएका १२ समूह मध्ये ५ समूहको उपसूचकमा सुधार आएपनि अन्य घटेको छ। कारोबार भने १ सय ७२ कम्पनीको ७३ करोड २१ लाख रुपैयाँ भन्दा बढीको भएको छ।

बजार घटेको दिन वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । उक्त माइक्रोफाइनान्सको ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x