Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

गरिमा विकास बैंकको शाखा कार्यालय मुर्गियामा

गरिमा विकास बैंकको शाखा कार्यालय मुर्गियामा

काठमाडौं, २३ पुस । गरिमा विकास बैंकले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ स्थित मुर्गियामा शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सोही नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा वैंकका अध्यक्ष चन्द्रकान्त बरालले औधोगिक तथा व्यवसायिक सम्भावना बोकेको रुपन्देहीको मुर्गियामा बैंकको शाखा कार्यालय स्थापनाले त्यस क्षेत्रको पूँजी परिचालनमा सहयोग पुग्ने बताए ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले आधुनिक सुविधासहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकहरुले सहज रुपमा बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने जानकारी दिए ।

हाल बैंकले ९० वटा शाखा कार्यालय र ५१ एटीएममार्फत् सेवा दिँदै आएको छ । त्यस्तै बैंकले चालु आर्थिक वर्षको पुस १३ गतेसम्म ३७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *